१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ओलम्पिक छनोट आयोजना गर्ने



अ+ अ-

काठमाडौं । नेपालले पेरिस ओलम्पिकका लागि महिला फुटबल एसिया छनोट आयोजना गर्ने भएको छ ।

२०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने भएको हो ।

समूह ‘सी’ मा नेपाल, भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेकोमा प्यालेस्टाइनले भने नाम फिर्ता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो चरणको एसिया छनोट खेल आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ ।

पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । पहिलो चरणको खेलमा समूह विजेता बन्ने टीमले दोस्रो चरण खेल्नेछ । यसअघि नै उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया दोस्रो चरणमा पुगिसकेका छन् ।