२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सहज जित, शीर्षस्थानको आर्सनलसँग अंक दुरी घट्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई उसकै मैदानमा ४–१ गोलले पराजित गरेको हो ।

सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ हालाण्ड र फिल फोडेनले एक–एक गोल गरे । बर्नमाउथका जेफर्सन लेमाले एक गोल फर्काए । सिटीले एक गोल भने उपहारस्वरुप पाएको थियो ।

खेलको १५ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । यस्तै ४५ औं मिनेटमा फोडेनले गोल गर्दा सिटी पहिलो हाफमै ३–० ले अघि बढ्यो । ५१ औं मिनेटमा बर्नमाउथका क्रिस मेफमले आत्मघाती गोल गर्दा सिटीको अग्रता ४–० ले रह्यो । ८३ औं मिनेटमा लेमाले बर्नमाउथका लागि सान्त्वना गोल गरे ।

जितसँगै सिटी २५ खेलबाट ५५ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको आर्सनलको २४ खेलबाट ५७ अंक छ । यता बर्नमाउथ २४ खेलबाट २१ अंकसहित १९ औं स्थानमा छ ।