२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले लेस्टर सिटीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ४६ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गरे । यता खेलको २७ औं मिनेटमा आर्सनलका लिन्ड्रो ट्रोसार्डले गरेको गोलले मान्यता पाएन । डिफेन्डर गाब्रियलले लेस्टरका गोलकिपरको हात समातेर फउल गरेपछि भीएआरले उक्त गोल रद्ध गरिदिएको थियो ।

जितसँगै आर्सनलको २४ खेलबाट ५७ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा दुई अंकले आर्सनल अघि छ । लेस्टर सिटी भने २४ खेलबाट २४ अंकसहित १४ औं स्थानमा छ ।