३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले सन्दीपलाई विदेश जाने अनुमति दिएन



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेले विदेश जान अनुमति दिएन । बिदेश जान लगाइएको रोक हटाउन हालेको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ पछि ईजलासले यस्तो आदेश दिएको हो ।

ईजलासले सन्दीपलाई धरौटीमा छाड्ने आदेश विरुद्ध सरकारले दिएको पुनरावेदन साथै यो मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान रोक लगाएको थियो । त्यही कारण आइसीसी विश्वकप लिग–२ को युएईमा हुने त्रिकोणात्मक शृंखला खेल्न उनी युएई जान नपाउने भएकाले उक्त रोक हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो र उक्त मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो । तर यो रिट भने शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।