दाङ । निरन्तरको वर्षाले घोराहीमा घर भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने उनकी आमा र दिदी घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका १७ क्वाडीमा बिहीबार बिहान ३ बजेतिर घरको गारो भत्किएर मनीषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
मनीषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।