२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक गृहकार्य गर्ने भन्दै एमाले कार्यदल बैठक साँझसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ । 

आन्तरिक गृहकार्य गर्नका लागि भन्दै बिहीबार साँझ सात बजे पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको हो ।

बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।

यसअघि आजको बैठक ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको थियो । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला हुन पुगेको थियो । 

​बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई भने निरन्तरता दिएको छ ।