चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले अनुसन्धानमा भएको प्रगतिबारे आज जानकारी गराएको छ ।
पहिलोपटक पत्रकार सम्मेलन गर्दै चितवन प्रहरीले अहिलेसम्म १ सय बढी व्यक्तिबाट सूचनाहरू संकलन गरेको बताएको हो ।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपीं) ओमप्रसाद अधिकारीले अनुसन्धान कार्य जारी रहेको भन्दै केही दिनमै तथ्यहरू सार्वजनिक गर्ने दाबी गरे ।
‘अहिले हामी प्रारम्भिक चरणमै छौँ, हामीले १ सयजना मानिससँग सम्पर्क गरेर केही चिजहरू पाएको अवस्था छ, अहिले अनुसन्धानकै चरणमा भएकाले डिटेलमा गएर भन्न सक्ने अवस्था भएन ।’ उनले भने ।
भिसेराको रिपोर्ट आएपछि अनुसन्धानमा थप सहज हुने भन्दै पोष्टमार्टमको प्रारम्भिक रिपोर्टबारे चलाइएको भ्रममा नपर्न उनले स्थानीयलाई आग्रह गरे ।