२१ असार २०८३, आईतवार
,
Latest
भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा ६९ तालिबान लडाकू मारिए, क्वाला ए नाउ सहर कब्जामुक्त



अ+ अ-

काबुल । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन् ।

मारिएका सवै तालिबान लडाकू नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइते समेत भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  सुरक्षा कारबाहीपछि सरकारी सुरक्षाकर्मीहरुले क्वाला ए नाव सहर आफ्नो नियन्त्रणमा लिइएको दाबीसमेत गरेका छन् । यसअघि सो सहर तालिबान लडाकूहरुले नियन्त्रणमा लिएको घोषणा गरेका थिए । 

“क्वाला ए नाव सहरलाई सुरक्षाकर्मीहरुले बुधबार आफ्नो नियन्त्रणमा लिएका छन, त्यसअघि सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुविरुद्ध सुरक्षा कारबाही चलाएका थिए,” रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ । 

पश्चिमी बद्घीस प्रान्त अन्तर्गत पर्ने त्यस ठाउँमा लामोसमयदेखि तालिवान लडाकूहरुको प्रभाव रहदै आएको मानिन्छ । अफगानिस्तानमा लामो समयदेखि आन्तरिक द्धन्द्ध चलिरहेको छ भने द्धन्द्ध अन्त्यका लागि भन्दै वार्ताको प्रयासहरु पनि भइरहेका छन् । (रासस-एएनआई)