२१ असार २०८३, आईतवार
,
Latest
कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यमस्र्याङ्दीको प्रसारण लाईन अवरुद्ध



अ+ अ-

लमजुङ। लमजुङस्थित मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको १३२ के भी को टावर गत शनिबार बिहान पहिरोले ढालेपछि मर्स्याङ्ग्दि कोरिडोर को १३२ के भी प्रसारण लाईन पूर्ण रुपमा अवरुद्ध भएको छ । 

उक्त टावर ढलेपछि विद्युत प्राधिकरणको मध्यमस्र्याङ्दी जलविद्युत लगायत निजि छेत्रका सगरमाथा तथा खुदी जल विद्युत कम्पनीहरु बाट उत्पादित करिब १२५ मेगा वाट विद्युत राष्ट्रिय प्रसारण ग्रिडबाट बिच्छेद भएका छन् । 

उक्त टावर पुननिर्माण गर्न करिब ३ महिना लाग्ने अनुमान गरिएको छ ।

तिन महिना सम्म उक्त करिडोरबाट उत्पादित विद्युत ग्रिडमा जडान गर्न नपाउदा दैनिक ३ करोड रुपैयाँका हिसाबले करिब तीन अर्ब को नोक्सानी नेपाल विद्युत प्राधिकरण लगायत निजी जविद्युत कम्पनीहरुले ब्यहोर्नुपर्ने भएको छ भने कतिपय ठाउँमा विद्युत आपूर्ति मा समस्या आएको छ । 

नेपाल विध्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रवन्धक श्री माधव पौडेलका अनुसार उक्त टावर ढलेको स्थानमा आपतकालीन अवस्था रहेकोले नयाँ प्रविधिको इमर्जेन्सी टावर खडा गरि विद्युत आपूर्तिलाई सुचारु गर्न आवश्यक कार्य थालिएको छ । 

बिगतमा पनि यस्तै  विपतका अवस्थामा रक्सौल-परवानीपुर १३२ के भी प्रसारण लाइन को टावर हावा हुरीले ढाल्दा यहि प्रविधिको प्रयोगद्वारा चार दिनमै मुडभरी एण्ड जोशी कम्पनी द्वारा विद्युत आपूर्ति सुचारु गराइएको थियो । 

मध्यमस्र्याङ्दीको हाल ढलेको टावर को ठाउमा बैकल्पिक टावर खडा गरि  विद्युत आपूर्ति सुचारु गर्नकालागि नेविप्राले यस कार्यमा विशेष अनुभवी मानिएका ठेकेदार कम्पनि मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनलाई साथमा लिई आज देखि नै उक्त स्थान मा द्रुत गतिमा कार्य अघि बढाइएको छ । 

यस्तै नेपाल विद्युत प्राधिकरणसहित मुडभरी एण्ड जोशी कम्पनी का प्राविधिक एवं कामदारहरु टावर ढलेको स्थान सम्म पुगिसकेको बताइएको छ । 

मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनका प्रतिनिधि केदार कुमार फुयालका अनुसार टावर ढलेको स्थान मोटर बाटोबाट करिब दुइ घण्टा को पैदल दुरीमा रहेको र बाढी र पहिरोले बाटो बिग्रेको हुनाले उक्त स्थान सम्म सामानहरु ढुवानी गर्ने कार्य चुनौतिपूर्ण  रहेको छ । 

तर आवश्यक जनसक्ति प्रयोग गरि सामानहरु यथासिघ्र उक्त स्थानसम्म पुराउने कार्य सुरु भएको छ । शुक्रबारसम्म सम्पूर्ण सामान पुर्याउन  सकिएमा सोमबारसम्ममा लाइन चार्ज गर्न सकिने अनुमान गरिएको छ ।  बिहानदेखिको अविरल वर्षाले ढुवानी कार्यलाई असर गरिरहेकोले केहि ढिलाई हुने बताइएको छ ।