काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका सम्वन्धमा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ ।
कामचलाउ सरकारले गरेको मन्त्रीपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट परेको थियो । उक्त विस्तारलाई अदालतले अन्तरिम आदेशमार्फत खारेज गर्दै प्रधानमन्त्रीसँग लिखित जवाफ पेश गर्नु भनेको थियो । त्यसअनुरुप प्रम ओलीले १७ बुँदे जवाफ अदालतमा पेस गर्नुभएको हो ।