२१ असार २०८३, आईतवार
,
Latest
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, विकास बैंकको शेयरमा आकर्षण



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत् उपसमूहको शेयरमा समेत राम्रै वृद्धि भएको छ ।
 
नेपाल स्टक एक्सचेञ्जका अनुसार विकास बैंक उपसमूहमा ८९.५७ बिन्दुको सुधार भएको छ ।  नेप्से २३.९७ बिन्दुले उकालो लागेर दुई हजार ८२५.१० मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४१ बिन्दुले बढेर ५२९.६६ मा पुगेको छ । कूल २२३ कम्पनीको एक करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर रु चार अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ मूल्यमा खरिद बिक्री भए । बिहिबारको कारोवारपछि कूल बजार पूँजीकरण रु ३९ खर्ब २९ अर्ब ८६ करोड १४ लाख ४० हजार बराबर पुगेको छ । 

कारोवार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो  लागे । यस्तै, ११ उपसमूहको शेयर भने उकालो लागेका छन् । व्यापार २०.६ र अन्य उपसमूहको शेयर १२.०१ बिन्दुले ओरालो लागेको हो । त्यसैगरी, बैंकिङ १७.८१, होटल तथा पर्यटन १४.६५, विकास बैंक ८९.५७, जलविद्युत् ५२.०६, वित्त ६४.९५, निर्जीवन बीमा ४.२३, उत्पादन २३.८९, लघुवित्त ६८.२९, जीवन बीमा ४२.०२, सामूहिक लगानी कोष ०.०३ र लगानी १.१३ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २१ करोड ५२ लाख ९१ हजार ५७ बराबरको कारोवार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १७ करोड ४६ लाख ४८ हजार ९५५, एनआइसि एशिया बैंक रु १६ करोड ७९ लाख ६४ हजार ५१५, नेपाल पूर्वाधार बैंक रु १३ करोड ९९ लाख २५ हजार २२८ र माथिल्लो तामाकोशी रु १२ करोड ९५ लाख ३६ हजार ९५२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार गुहेश्वरी मर्चेन्ट बैंक ९.४७, जोशी हाइड्रोपावर ५.७७, घलेम्दी हाइड्रोपावर ५.६६, यूनियन हाइड्रोपावर ५.२८ र मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले ५.०९ प्रतिशतले कमाए । उता कर्पोरेट डेभलपमेन्ट बैंक ३.६१, गुडविल फाइनान्सको ऋणपत्र १.९५, सानिमा लार्ज क्याप फन्ड १.९४, नेपाल दूरसञ्चार कम्पनी १.९२ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए ।