काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले आज सहमतिको मस्यौदा टुंगिने बताएका छन् । विवाद समाधानका लागि गठित कार्यदलको बिहीवार साँझको बैठक शुरू हुनुअघि नेता पन्तले आजै सबै कुरा फाइनल नहुने बताएका हुन् ।
उनले भने, ‘ सबै फाइनल हुने होइन र मस्यौदामा सबै कुरा नअटाउन पनि सक्छ ।’
सोमवारदेखि विवाद समाधानका लागि कार्यदल सक्रिय भएर विवाद समाधानमा केन्द्रित भएको छ । कार्यदलको प्रगतिमाथि बुधवार अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।
बिहीवार साँझको छलफल निर्णायक हुने प्रतिक्रिया नेताहरूले दिइरहेका छन् ।