काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुक्रबार बिहाना साढे ११ बजे बस्ने भएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएकाले शुक्रबार पुनः बैठक बस्ने भएको हो ।
नेता सुवास नेम्वाङका अनुसार आजको बैठकबाट केही टुंगोमा पुग्न नसकेकाले भोलि साढे ११ बजे बस्ने बैठक बस्ने तय भएको हो । भोलीको बैठकले टुंगोमा पुर्याउँने नेता नेम्वाङको दावि रहेको छ ।
उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाए । आफूहरूबीच विषयवस्तुमा प्रवेश भइ छलफल भइरहेको र भोलि टुंगोमा पुग्न प्रयास गरिने उनले दोहोर्याए ।