काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी चिन उडेको छ । सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिन बिहीबार साँझ चीनको बेइजिङ पुगेको हो।
निगमका अनुसार चालकदलका १२ सदस्यसहित गएको जहाज शुक्रबार बिहान वाइडबडीले ८ लाख डोज खोप ल्याउँने भएको छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । उक्त कम्पनीसँग ३० लाख डोज खोप खरिदको सम्झौता भएको छ ।
खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघन्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ । निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाकी खोप ल्याउन बेइजिङ जाने तालिका छ ।