२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हशेम फुड एन्ड बेभेरेज फ्याक्ट्रीमा आगलागी, ५२ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागीमा परि ५२ जनाले ज्यान गुमाएका छन् ।  बिहीबार साँझदेखि पूर्वी ढाकाको रूपगन्जस्थित औद्योगिक क्षेत्रको एक खाद्यान्न प्रशोधन गर्ने उद्योगमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ। 

प्रहरी तथा प्रत्यक्षदर्शीहरूका अनुसार आगलागी भएपछि केही कामदार भाग्न सफल भए पनि त्यहाँ अड्किएका ५२ जनाले ज्यान गुमाएका हुन्। हशेम फुड एन्ड बेभेरेज फ्याक्ट्रीमा आगलागी भएको थियो।

आगलागीमा परी झन्डै ३० जना मानिस घाइते भएका छन्। सुरूमा प्रहरीले तीन जनाको मात्रै मृत्यु भएको जानकारी गराएको थियो। तर पछि अग्नि नियन्त्रकहरू भवनका माथिल्ला तलामा जाँदै गर्दा मृतकको संख्या ह्वात्तै बढेको हो।

भित्र कति जना फसेका थिए भन्ने कुरा अहिले खुलिनसकेको प्रहरीले जनाएको छ।