२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हशेम फुड एन्ड बेभेरेज फ्याक्ट्रीमा आगलागी, ५२ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागीमा परि ५२ जनाले ज्यान गुमाएका छन् ।  बिहीबार साँझदेखि पूर्वी ढाकाको रूपगन्जस्थित औद्योगिक क्षेत्रको एक खाद्यान्न प्रशोधन गर्ने उद्योगमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ। 

प्रहरी तथा प्रत्यक्षदर्शीहरूका अनुसार आगलागी भएपछि केही कामदार भाग्न सफल भए पनि त्यहाँ अड्किएका ५२ जनाले ज्यान गुमाएका हुन्। हशेम फुड एन्ड बेभेरेज फ्याक्ट्रीमा आगलागी भएको थियो।

आगलागीमा परी झन्डै ३० जना मानिस घाइते भएका छन्। सुरूमा प्रहरीले तीन जनाको मात्रै मृत्यु भएको जानकारी गराएको थियो। तर पछि अग्नि नियन्त्रकहरू भवनका माथिल्ला तलामा जाँदै गर्दा मृतकको संख्या ह्वात्तै बढेको हो।

भित्र कति जना फसेका थिए भन्ने कुरा अहिले खुलिनसकेको प्रहरीले जनाएको छ।