२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी: राष्ट्रियसभाको उपनिर्वाचन सुरु



अ+ अ-

घोराही । राष्ट्रियसभाको एक पदका लागि लुम्बिनी प्रदेशस्थित दाङको घोराहीमा उपनिर्वाचन सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

अहिले मतदान जारी छ । पहिलो मतदान लुम्बिनी प्रदेशसभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गर्नुभएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार अपराह्न ३ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नेकपा (एमाले) का खिमलाल भट्टराईले राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । रिक्त पदमा सत्तारुढ दलबाट एमालेका कुमार दसौँदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट राजेन्द्रवीर रायले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था छ । कूल मतदाता संख्या ३०५ रहेको लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको संख्या ८७ रहेको छ । १०९ स्थानीय तह रहेको प्रदेशमा पालिकाका प्रमुख र उपप्रमुख गरी कूल २१८ जना मतदाता रहेका छन् ।