९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन

रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
अ अ+ अ-

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवस आज ‘मानवताको लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ मनाइँदै छ ।

विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० साल भदौ १९ गतेका दिन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घको सदस्य र रेडक्रसको अन्तरराष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको हो ।

यस सोसाइटीका करिव १० लाखभन्दा बढी स्वयंसेवकहरू मानवीय सेवाका कार्यहरूमा तल्लीन रहेका महामन्त्री ऋषिरमण खनालले जारी गर्नुभएको सन्देशमा उल्लेख छ । हाल सोसाइटीको सात प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार ६२३ उपशाखा, ११५ सहयोग समिति र छ हजार ५८७ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचनाहरू रहेका छन् ।

नेपाल रेडक्रसले सरकारको सहयोगीका रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधिहरू देशैभरि सञ्चालन गर्दै आएको छ ।

यस्ता सेवा तथा विकासमूलक कार्यक्रमबाट वार्षिक रूपमा ३५ लाख व्यक्तिहरू लाभान्वित भएका सन्देशमा जनाइएको छ । यही भदौ १० गते रसुवा भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको प्रतिकार्यको लागि नेपाल रेडक्रसले सुरू देखिनै स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, राहत वितरण, मनोसामाजिक परामर्श सेवा, अस्थायी आवासजस्ता क्षेत्रमा सेवा पु¥याइरहेको जनाएको छ ।

यस प्रतिकार्यमा हालसम्म एक हजार ४१८ त्रिपाल, एक हजार ५२० कम्बल, एक हजार ९३० शव व्यवस्थापन झोला, ७१५ म्याट्रेस, ८० वटा अस्थायी शौचालयलगायतका सामग्री वितरण गरिएको छ । त्यस्तै प्राथमिक उपचार बक्स ५५ थान, मर्यादा सामग्री ७६० थान, एन ९० फाइभ मास्क नौ हजार, सरसफाइ स्वच्छता सामग्री ३९२ थानलगायतका सामग्री वितरण गरिएका छन् ।

नेपाल रेडक्रस सोसाइटीबाट बाढी प्रतिकार्यका लागि झण्डै पाँच हजार जना स्वयंसेवक परिचालन गरिएको छ । बाढीप्रभावित क्षेत्रमा राहतका साथै भविष्यमा उत्थानशील समुदाय निर्माणका लागि पुनर्लाभका कार्यक्रम गर्ने गरी नेपाल रेडक्रसले योजना तयार गरिरहेको छ ।

बाढी प्रतिकार्यका लागि रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ‘आइएफआरसी’, रेडक्रसको अन्तरराष्ट्रिय समिति ‘आइसीआरसी’, साझेदार राष्ट्रिय सोसाइटीहरूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।