१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी: राष्ट्रियसभाको उपनिर्वाचन सुरु



अ+ अ-

घोराही । राष्ट्रियसभाको एक पदका लागि लुम्बिनी प्रदेशस्थित दाङको घोराहीमा उपनिर्वाचन सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

अहिले मतदान जारी छ । पहिलो मतदान लुम्बिनी प्रदेशसभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गर्नुभएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार अपराह्न ३ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नेकपा (एमाले) का खिमलाल भट्टराईले राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । रिक्त पदमा सत्तारुढ दलबाट एमालेका कुमार दसौँदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट राजेन्द्रवीर रायले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था छ । कूल मतदाता संख्या ३०५ रहेको लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको संख्या ८७ रहेको छ । १०९ स्थानीय तह रहेको प्रदेशमा पालिकाका प्रमुख र उपप्रमुख गरी कूल २१८ जना मतदाता रहेका छन् ।