१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश



अ+ अ-

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसमा फसेका थप जनशक्तिको उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउस परिसरभित्र प्रवेश गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सञ्जोग केशीसहितको नेपाली सेनाको टोली उद्धार तथा खोजी कार्यका लागि पावर हाउसमा प्रवेश गरेको हो। टोलीले पावर हाउसमा रहेका सम्भावित प्रभावित तथा सम्पर्कविहीन जनशक्तिको खोजी गर्दै उद्धार कार्य अघि बढाउनेछ।

बाढी तथा सुरुङमा जमेको पानी र थुप्रिएको माटो तथा डिब्रिसका कारण आयोजनाभित्र उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। यसअघि नेपाली सेनासहितको प्राविधिक टोलीले सुरुङको मुखबाट डिब्रिस हटाउँदै भित्र प्रवेश गर्ने बाटो खुलाएको थियो।

थप जनशक्तिको उद्धारका लागि टोलीले अहिले पावर हाउसको भित्री क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।