१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रभावित माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट उद्धारकर्मीहरूले एउटा शव फेला पारेका छन्। यसअघि सोही सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो।

आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीको उद्धार टोलीले सुरुङभित्रबाट एउटा शव बाहिर निकालेको हो। फेला परेको शवको पहिचान भने अहिलेसम्म हुन सकेको छैन।

सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाल विद्युत् प्राधिकरणको टोली निरन्तर परिचालित छ।

यसअघि उद्धार टोलीले आयोजनाका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरेको थियो। उनीहरूलाई उद्धारपछि काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा ल्याई उपचार भइरहेको छ।

सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुनसक्ने आशंकामा उद्धार तथा खोजी कार्य जारी रहेको आयोजनाले जनाएको छ।