२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी संस्थाबाटै ३२ लाखको चोरी



अ+ अ-

गोरखा । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति करिब रु ३२ लाख नगद चोरी भएको छ । मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्रपसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिनुभयो । 

सहकारीमा कारोवार भएको रकम करिब रु ५२ लाखमध्ये ३२ लाख चोरी भएको उहाँले बताउनुभयो । “भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो”,  उहाँले भन्नुभयो, “यहाँ दैनिक रु २० देखि ३० लाख कारोवार हुन्छ ।” असार मसान्त भएकाले कारोवार अझ बढी भएको उहाँको भनाइ छ । 

“शुक्रबार बेलुकीसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ”, श्रेष्ठले भन्नुभयो, “लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो ।” सिसिटिभी फुटेजमा चोरीमा संलग्नले ताल्चा फुटाउन प्रयोग गरिने सामग्री बोकेर आएको देखिएको श्रेष्ठले बताउनुभयो ।