२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुलासाग’ कांग्रेसमा प्रवेश



अ+ अ-

काठमाडौं । हाँस्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ सहित ७० जना नेपाली कांग्रेसमा प्रवेस गरेका छन् । नेकपा एमाले पार्टी परित्याग गरी ७० जना कलाकर्मीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । 

शनिबार पार्टी सभापती शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा सभापति देउवाले ७० जना कलाकारहरुलाई पार्टी प्रवेश गराएर सदस्यता प्रदान गरेका हुन् । 

काँग्रेस प्रवेश गर्नेमा गायक राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा, आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारा रहेका छन् ।  

यस्तै यसअघि कुनै पार्टीमा नरहेका हाँस्यकलाकार महादेव त्रिपाठी जादुगर र मिलनकुमार श्रेष्ठले पनि काँग्रेसको सदस्यता लिएका छन्।

पार्टी प्रवेश कार्यक्रमा काँग्रेसको नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापा,महामन्त्रीद्वय शिवशंकर रिजाल जोगिन्दरु र रोशन केसीको सहभागिता रहेको थियो । नेपाल सांस्कृतिक संघ समन्वयमा उनी काँग्रेस प्रवेश गरेका थिए ।




भर्खरै