३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तीमा ढिलाई गर्न हुँदैनः ठाकुर गैरे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नियुक्तीमा ढिलाई गर्न नहुने बताउनु भएको छ ।

सत्तारुढ दलहरुसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ती गर्नुपर्ने उहाँको भनाई थियो । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारुढ दलहरुबीचको सहमतिमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुने समेत बताउनु भयो । उहाँले भन्नु भयो, ‘भएको गृहमन्त्री विदा हुनु भएको छ ।

अब नयाँ गृहमन्त्री नियुक्ती प्रधानमन्त्रीले छिट्टै गर्नु हुन्छ । हिजो सहमति हुँदाखेरी त्यो गृह मन्त्रालय जति पटक मन्त्रीमण्डल परिवर्तन भएपनि त्यो सम्बन्धित पार्टीकै हुनेछ भन्ने सहमती भएको हो वा होइन ? भन्ने कुरा आज खुलेको वा स्पष्ट भएको अवस्था छैन । तर पनि यो सरकार संचालनमा संलग्न भएका दलहरुबीचमा, नेताहरुको बीचमा छलफल भएर समझदारीका साथ नै गृह मन्त्रालय कुन पार्टीले पाउने, कसले पाउने भन्ने कुराको निर्धारण हुन्छ ।’

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमाउनु भएको थियो ।