९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’

‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’
अ अ+ अ-

नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन् ।

त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती वस्ती जोखिममा परेका हुन् ।

जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका–४ को दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँको अनुसार १०० भन्दा बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटारसहित आसपासका बस्ती जोखिममा परको हो ।

हालैको बाढीबाट विदुर नगरपालिका–१ को बान्द्रे, वडा नं ४ स्थित बसपार्क, बेलकोटगढी नगरपालिका–७ स्थित छब्बिसेको बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ ।

नदीको कटान निरन्तर भइरहेका स्थानका बस्ती तत्कालै खाली गरेर उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरणको लागि सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ रेग्मीले जानकारी दिनुभयो ।

नदीले कटानको बस्तीसहित उक्त स्थानमा रहेका सामुदायिक तथा सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ । बेलकोटगढी–७ को छब्बिसेमा बस्तीसहित गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको गल्छी–देवीघाट सडक खण्डलाई क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भदौ १० को बाढीबाट बचेको संरचनालाई समेत निरन्तर नदी कटानका कारण प्रभावित तुल्याएको छ । अहिले गल्छी–देवीघाट सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

नदीको कटानले स्थानीय बसपार्कसहित नेपाल विद्युत् प्राधिकरणले उक्त स्थानमा निर्माण गरेको ‘चार्जिङ स्टेशन’, विदुर नगरपालिकाले निर्माण गरेको कोसेली घरसहितको संरचना पनि जोखिममा परेको छ ।

यसैबीच, भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीले जग्गा कटान गरेको, भवनसहितका भौतिक संरचना ध्वस्त बनाएको अवस्थामा बाढीबाट प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले सरकारको ध्यानाकर्षण गरेको छ । रासस