२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै

हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै

हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै
अ अ+ अ-

सिमकोट । चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि सङ्क्रमितको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । सबै बजार, व्यवसाय खुला भएपछि गाउँबाट आएका उपभोक्ताले स्वास्थ्यका न्यूनतम मापदण्ड (मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने) कामलाई पालना नगरेका कारण सङ्क्रमितको सङ्ख्या निकै धेरै बढेको जिल्ला अस्पताल हुम्लाका निमित्त सुपरिटेन्डेन्ट डा टसी याञ्जुक लामाले जानकारी दिनुभयो ।

“केही दिनयता हुम्लामा परीक्षण गरेको शतप्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको छ”, डा लामाले भन्नुभयो, “यस्तै प्रकारले सङ्क्रमितको सङ्ख्या बढ्ने हो भने जिल्ला अस्पतालले मात्रै सङ्क्रमितलाई उपचारको व्यवस्था गर्न नसक्ने अवस्था छ ।” निषेधाज्ञा हटाएको एक सातामै जिल्ला अस्पतालमा लक्षणसहितका सङ्क्रतिमको सङ्ख्या बढेको उल्लेख गर्नुभएका डा लामाले यस्तै अवस्था रहेमा जिल्ला अस्पताल हुम्लाले बिरामीको उपचार गर्न नसक्ने प्रतिक्रिया दिनुभयो ।

लक्षणसहितका चारजना कोरोना सङ्क्रमितको अीक्सजनको लेवल निकै कम भएपछि जिल्ला अस्पताल हुम्लाले एचडियु  कक्षमा सारेको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०ले सञ्चालन गरेको रानीवन आइसोलेशनमा राखिएका चार जना सङ्क्रमितको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि आइतबार जिल्ला अस्पताल परिसरमा पालभित्र व्यवस्था गरिएको एचडियूमा सारिएको जिल्ला अस्पतालका डा लामाले बताउनुभयो । 
  
कोरोना परीक्षणको दर निकै साँघुरो बनाएको हुम्लामा आइतबार मात्रै पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । 

सिमकोट गाउँपालिकामा नौ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लाभर एक हजार ९८० जनामा परीक्षण गर्दा २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ४३ जना सक्रिय सङ्क्रमित छन् भने अन्य सबैले कोरोना जितेर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । रासस