२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै

सर्वाेच्चको आदेश- देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्ति गर्नु, ७ दिनभित्र संसद बोलाउनु (पूर्णपाठसहित)

सर्वाेच्चको आदेश- देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्ति गर्नु, ७ दिनभित्र संसद बोलाउनु (पूर्णपाठसहित)
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंबैधानिक ठहर गर्दै सो निर्णयलाई बदर गर्नुको साथै संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमान्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंबैधानिक भन्दै सर्वोच्चले बदर गरेको हो । आदेशमा एकसाता भित्र प्रतिनिधिसभा आव्हान गर्न पनि भनिएको छ । आदेश अनुसार अब आगामी साउन ३ गते अपरान्ह ५ बजे भित्र प्रतिनिधिसभा आव्हान गरिसक्नुपर्नेछ । २०७८ साल जेठ ७ गते रातिका सम्पुर्ण कामकारवाही उत्पेषणको आदेशले बदर हुनेछ भनिएको छ ।

त्यसैगरी , प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा सहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्ह्वर प्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदनकको माग बमोजिम कांग्रेस सभापति शेरबहाखदुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गरेको छ ।

अदालतले  भोली २९ गते सांझ ५ बजे सम्म देउवालाई विधि र प्रक्रिया पुरा गरि प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यलययलाई परमादेश जारी गरेको हो । त्यसैगरी सर्वोच्च अदालतले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दै पक्षमा हस्ताक्षर गरेका नेकपा एमालेका सांसदहरुलाई कारवाही नगर्न पनि आदेश गरेको छ ।

यसैबीच, अधिवक्ताहरुले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालको फैसला ऐतिहासिक भएको भन्दै खुसी व्यक्त गरेका छन् । अधिवक्ता कृतिनाथ शर्मा पौडेलले आदेशले आफुहरु अत्यन्तै उत्साहित भएको प्रतिक्रिया दिनुभयो । विधिसम्मत तथा लोकतन्त्रलाई जगेर्ना गर्ने सवालमा, संविधानवादको मुल्य र कानुनको शासनलाई जगेर्ना सवालमा सर्वोच्चले गरेको फैसला उदाहरणीय भएको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो  “ऐतिहासिक फैसला सुनाएको छ । जसरी फागुन ११ गते सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको थियोे । आज पनि ऐतिहासिक फैसला सुनाएको छ । सर्वोच्च अदालतले आजको मितिले २ दिन भित्रमा शेरबहादुर देउवालाई विधिसम्मत तरीकाले प्रक्रिया पुरा गरि प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यलययलाई परमादेश जारी गरिएको छ । त्यसैगरी ७ दिन भित्र संसद आव्हान गर्नु भनेर फैसला गरेको छ । राजनैतिक दल ऐन २०७३ अनुसार कारवाही गर्ने प्रक्रिया छ, नेकपा एमालेका साथीहरु एताबाट उता गए भन्ने सन्र्दभमा , त्यसमा कारवाही नगर्नु भनी परमादेश गरिएको छ ।  ”

वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानले व्यवस्था गरे अनुसार दायित्व पुरा नगर्ने राष्ट्रपति पदिय हैसियतबाट गिरेकाले त्यो कुरा सर्वोच्चले सिकाईदिएको प्रतिक्रिया दिनुभयो । त्यसैले सर्वोच्चले संविधानको रक्षा गर्दै त्यही विन्दुबाट २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर भनी परमादेश गरेको उहाँले बताउनुभयो । उहाँले शेरबहादुर देउवाको प्रस्ताव संविधानको बलमा रहेको र वर्तमान प्रधानमन्त्री संविधानको बलमा नरहेको टिप्पणी पनि गर्नुभयो ।

अधिवक्ता सन्तोष भण्डारीले सर्वोच्च अदालतको आदेश ऐतिहासिक भएको बताउनुभयो । संसद पुनस्थापना संगै १ सय ४६ जनाको हस्ताक्षर सहित आएको रिट निवेदनमा परमादेश जारी गरिने विषय नेपालको न्यायपालिकालाई विश्व इतिहासले सम्झने गरि आएको टिप्पणी उहाँले गर्नुभयो ।
सर्वोच्चको १६७ पेजको फैसला आएको छ ।