२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश, काठमाडौंमा सुरक्षा तैनाथी बढ्यो, देउवाले बोलाए काँग्रेस बैठक



अ+ अ-

काठमाडौ ।  सर्वाेच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वाेच्च अदालतको सोमबारको संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो ।

जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले करिब एक महिनाको सुनुवाईपछि सोमबार फैसला सुनाएका हुन् । यो आदेशसँगै राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज नै फैसला आउने भन्दै सरकारले आज सर्वाेच्च अदालत वरपर तथा सिंहदरबार क्षेत्रबाहिर बाक्लो संख्यामा प्रहरी राखेको थियो । सो संख्या अहिले थप बढाइएको छ । जसका कारण यतिखेर काठमाडौँको सरगर्मी पनि बढेको देखिएको छ ।

उता काँग्रेस सभापति शेरबहादुर देउवाले अहिले केही क्षणमा नै काँग्रेसको पदाधिकारी बैठक बोलाएका छन् । उनले आफ्नो निबास बुढानिलकण्ठमा केही क्षणमा सो बैठक बोलाएका हुन् । सर्वाेच्च अदालतले आफ्ना नाममा परमादेश जारी गरेपछि विकसित परिस्थितिबारे छलफल गर्न उनले पदाधिकारी बैठक बोलाएका बताइएको छ ।