२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फैसलापछि काँग्रेस शीर्ष नेता बूढानीलकण्ठमा जुट्दै



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनः स्थापना फैसलापछि काँग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दैछन् । 

देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका हुन् । काँग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेको स्रोतले बताएको छ ।

सर्वोच्च दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश जारीपछि नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न लागिएको अड्कल काटिएको छ ।