२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको आदेश मान्नुको विकल्प छैनः सुवास नेम्वाङ



file
अ+ अ-

काठमाडौं । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसला अप्रत्यासित भएपनि त्यसलाई मान्नुको विकल्प नरहेको बताउनुभएको छ । 

अदालतको फैसलापछि संक्षिप्त प्रतिक्रिया दिदै उहाँले संविधान र स्थापित अभ्यासबमोजिम फैसला गर्ने अधिकार  सर्वोच्चलाई रहेको र उसले गरेको आदेशलाई एमाले कानूनको शासनमा विश्वास गर्ने शक्ति भएका कारण मानेर जानुको विकल्प नभएको प्रतिक्रिया दिनुभएको हो ।