११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
अ अ+ अ-

धनकुटा । बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ ।

सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आउनुभएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत चीन, हङ्कङ, जापानमा सामग्री निर्यात गर्दै आउनुभएको छ ।

उहाँले गाउँमा नै सञ्चालन गरेको सुनिता बेदबाँस उद्योगबाट दैनिक एक सय ५० थानको हाराहारीमा बाँसका सामग्री उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । तर बजारमा भने दैनिक १२ सयदेखि १५ सयसम्मको माग रहेको जनाइएको छ । “काम गर्ने जनशक्ति नभएर मागेको जति पु¥याउनै सकिएको छैन”, उहाँले भन्नुभयो, “बाँसको काम अलि गाह्रो भएर होला सबै विदेश गएर मान्छे पाइँदैन ।”

स्थानीय तहहरूले बेदबाँस सामग्री उत्पादनका लागि दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गरे बाँससम्बन्धी उद्योगलाई टेवा पुग्ने राईको भनाइ छ । विसं २०७८ मा रु एक लाखको लागतमा स्थापन भएको राईको उद्योगले दैनिक तीन जनालाई रोजगारी दिएर रु ३० देखि पाँच हजारसम्मका पाँच सय प्रकारका बाँसका सामग्री उत्पादन गर्दै आएको छ ।

मासिक रु ६० हजारसम्मको कारोबार गरेर रु ४० हजारसम्म कमाइ गर्न राईले यही पेसाबाट कमाएर मोरङको विराटचोकमा १० धुर जमिनसमेत जोडेको जानकारी दिनुभयो । त्यस्तै सहिदभूमि गाउँपालिका घर भई हाल धनकुटा नगरपालिका–७ मा धनुबाँस निगालो उद्योगका सञ्चालक चन्द्रप्रकाश राईले पनि कामदार अभावमा बजार माग पूरा गर्न नसकिरहेको जानकारी दिनुभयो ।

बजारमा दैनिक दुई हजार पाँच सय थानाभन्दा बढी माग भए पनि उद्योगले दैनिक आठ सयदेखि एक हजार थानसम्म बाँसको चोयाबाट बनेका सामग्री उत्पादन गरेर दिइरहेको उहाँले जानकारी दिनुभयो । “सामान बनाउन सके बजारमा जति पनि बिक्छ, तर के गर्नु काम गर्ने मान्छे पाइँदैन”, उहाँले भन्नुभयो ।

विसं २०६८ मा रु २० हजार लगानीमा उद्योग स्थापना गरेका ४० वर्षीय राईले हाल काडमाडाँै, भारत र जापान, सिङ्गापुर, अष्ट्रेलिया सामग्री पठाउने गरेको जनकारी दिनुभयो । दैनिक पाँच जनालाई रोजगार दिइरहेका राईले मासिक रु सात लाखसम्मको कारोबार गरी रु एक लाख ५० हजारसम्म कमाइ गरिरहेको जानकारी दिनुभयो ।

उहाँले बाँसको सामग्री बनाएर बेचेको कमाइबाट मोरङको बेलबारीमा रु ३५ लाख बराबरको घडेरीसमेत जोडेको सुनाउनुभयो । सबैले उद्योग सञ्चालन गर्न नसक्ने र ज्यालामा काम गर्दा जीवनयापन नहुँदा बाँसका सामग्री बनाउने कामदार अभाव भएको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख ईश्वर थापाले जानकारी दिनुभयो ।

आफ्नो कार्यालयले बाँसका काम गर्नेलाई पर्याप्त मात्रामा तालिम दिँदै आएको भए पनि वैदेशिक रोजगारीको आकर्षणका कारण यस क्षेत्रमा काम गर्नेको अभाव भएको उहाँकोे भनाइ छ । जिल्लामा हाल १७ बाँससम्बन्धी उद्योग रहेको विकास समितिको तथ्याङ्क छ । रासस