२० भाद्र २०८३, शनिबार
,
Latest
पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छः मुख्यमन्त्री रावल



अ+ अ-

दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।

आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताउनुभयो । “खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको हुन्छ”, मुख्यमन्त्री रावलले भन्नुभयो, “राष्ट्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ ।” उहाँले कञ्चनपुर खेलाडी उत्पादनको भूमिसमेत भएकाले यस्ता प्रतियोगिताले खेलाडीहरुको विकास हुने बताउनुभयो ।

स्टार प्रोडक्सनले आयोजना गरेको क्रिकेट मेलामा कर्पोरेट क्रिकेट प्रतियोगिता, वडास्तरीय प्रतियोगिता र विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन हुनेछन् । आजदेखि कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु भएको र वडास्तरीय तथा विद्यालयस्तरीय प्रतियोगिता पनि आइतबारदेखि सञ्चालन हुने प्रतियोगिता संयोजक अविनाश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा विजेता टोलीले रु एक लाख ११ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले रु ५५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ । ‘सिरिज अफ दी टिम’ले रु पाँच हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक जोशीले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट ‘ब्याट्स म्यान’ र ‘बलर’लाई रु तीन हजार पाँच सयसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।

कर्पोरेट क्रिकेट प्रतियोगितामा एनआइसी एसिया बैंक, सनराइज बैंक, उदयदेव सहकारी, एनएमवी बैंक, नविल बैंक, सुदूरपश्चिम विश्वविद्यालय, सिएमजी क्लब, हेप्पी हावर, लिटिल बुद्ध एकेडेमी, सिर्जनशील सहकारी र मेगा सहकारी गरी ११ टोलीको सहभागिता रहेको छ । रासस