१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १: सभामुखमा एकल उम्मेदवारी परेका गौतमलाई निर्वाचित घोषणा गर्ने तयारी



अ+ अ-

विराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ ।

सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । सोहि बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गर्ने बताईएको छ ।

ज्येष्ठ सदस्य गयानन्द मण्डलले माओवादी उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी गरिएको छ । गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दल दुबैको समर्थन रहेको छ ।

संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार गौतमले आजै १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका गौतम ओखलढुङ्गाको प्रदेशसभा २(१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।