• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं: प्रमुख सचेतक परियार ★   विपद्बाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी ★   टी–२० विश्वकपः दावेदार भारतले आयरल्याण्डको सामना गर्दै ★   सन्दिप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग ★   मधेशका मुख्यमन्त्रीले २८ जेठमा विश्वासको मत लिने ★   चाबहिलमा एक पुरुषले पेट्रोल छर्किएर आफू, श्रीमती र ३ छोरीलाई आगो लगाए ★   पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा ★   सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक बस्दै ★   ओमानका कप्तानले दिए अस्ट्रेलियालाई चुनौती – हल्कामा नलिउ ★   विश्व वातावरण दिवस: वातावरणीय सुधारका अधुरा वाचा

सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णय गरेर रामो गर्योः ओली



काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णय गरेर रामो गरेको टिप्पणी गर्नु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि उहाँले सञ्चारकर्मी माझ सो प्रतिक्रिया दिनु भएको हो ।

अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गर्नु भएको स्मरण समेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘राम्रो । पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाई गर्नु भयो । जुन नेतृत्व गर्नु भयो । र, देश एकीकृत भयो । एकीकरण भयो । एउटा देश भयो । नेपाल भयो । हामी नेपाली भयौं । त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिको खुशीयालीमा सरकारले विदा दियो । पहिलो पटक होला यो सन्दर्भमा ।’

सरकारले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर सार्वजनिक विदा समेत दिएको छ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तिमा सरकारले सार्वजनिक विदा दिनुपर्ने शर्त समेत राखेको थियो ।