१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको मुख्यमन्त्रीका लागि माओवादीका शर्माको दाबी पेश



अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले दाबी पेश गरेका छन् ।

२५ सांसदको हस्ताक्षरसहित उनले प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेश गरेका हुन् ।

सातदलीय गठबन्धनको शीर्ष तहमा कर्णालीको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भएपनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएपछि मुख्यमन्त्रीको दाबी पेश गरिएको हो ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ गरी २५ सांसदको समर्थन रहेको छ ।

माओवादी पोलिटव्युरो सदस्य समेत रहेका शर्मा रुकुमपश्चिम प्रदेशसभा (२)बाट निर्वाचित सांसद हुन् ।