२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले त्यहाँस्थित मनकामना मन्दिरमा दर्शन पनि गर्नुभएको थियो । तत्कालीन गोर्खाली सेनाले राजधानीमा आक्रमण गर्नुअघि त्यो मन्दिर बनाइएको जनाइएको छ । काजी पाँडे पृथ्वीनारायण शाहका सेनापति हुनुहुन्थ्यो । नेपाल एकीकरणमा सेनापति पाँडेले गर्नुभएको योगदानको कदर गर्दै दहचोकस्थित उहाँको समाधिस्थलमा सालिक निर्माण गरिएको छ ।

राष्ट्रपति भण्डारीले सोही सालिकमा माल्यार्पण गर्नुभएको हो । विसं १८१४ मा कीर्तिपुरमा भएको लडाइँमा काजी पाँडेले वीरगति प्राप्त गर्नुभएको थियो । सो युद्धमा गोर्खाली सेनाका धेरै सैनिक पनि मारिएका थिए । सेनापती पाँडेको निधनपछि उहाँकै इच्छा अनुसार उहाँलाई गोरखा देखिने दहचोकमा सद्गत् गरिएको थियो ।