१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

विकासका नाममा भइरहेको डोजर आतंक तत्काल रोकौँः उपमहासचिव तुलाधर

विकासका नाममा भइरहेको डोजर आतंक तत्काल रोकौँः उपमहासचिव तुलाधर
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विकासको नाममा जथाभावी प्रकृतिको दोहन गर्न नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा भएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. तुलाधरले यस्तो बताउनुभएको हो । उहाँले नननिर्वाचित सांसदहरुले विकासका नाममा भइरहेका अनैतिक क्रियाकलाप रोक्न संसदमा आफ्नो आवाज बुलन्द गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले विपद् जोखिम न्युनिकरणका लागि विज्ञहरुसँग् आवश्यक परामर्श गरेर मात्रै विकास निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय देशका अधिकांश क्षेत्रमा डोजर आतंक बढेको भन्दै प्रकृतिलाई मासेर भइरहेको डोजर आतंक तत्काल बन्द हुनुपर्ने बताउनु भयो । उहाँले नेता, सांसद र मन्त्रीहरुले नै विपद् जोखिम न्युनिकरणका लागि आफ्नोआफ्नो क्षेत्रमा विज्ञहरुको सल्लाहबमोजिम मात्रै विकास निर्माणका गतिविधिलाई अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले आगमी दिनमा सरकारले जोखिम स्थानको पहिचान गरी वैज्ञानिक, भूगर्भविद्, समाजशास्त्री, विपद् व्यवस्थापन विज्ञहरुको सुझावका आधारमा विकास निर्माणलाई अघि बढाउन नसक्ने हो भने देशले विपद्को ठूलो दुर्घटना भोग्नुपर्ने चेतावनी दिनुभयो । उहाँले संसदमा विपद् जोखिम न्युनिकरणका लागि कुरा उठाउँदा अर्को निर्वाचनमा हारिन्छ की भन्ने डरले त्रस्त हुन आवश्यक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म मान्यज्युहरुलाई भन्छु, हामी सबै जान्दछौँ भनेर घमण्ड नगर्नुहोला । अहिले त नयाँ छौँ तर केही दिनपछि घमण्ड बढ्दै जान्छ । केही दिनपछि घमण्ड जाग्नसक्छ । पहिला त्यही भएको थियो । हामीसँग कुनै घमण्ड, दम्भ होइन हामीले विज्ञहरुको सल्लाह लिनुपर्छ । विज्ञानमा आधारित जोखिम संवेदनशील विकासका क्रियाकलाप गर्नुपर्छ । कमसेकम डोजर आतंक तत्काल बन्द हुनुपर्छ । पश्चिमतिर जाँदा अहिले छपक्कै पहेँले किरा देख्छु म । पहेँलो किरा भनेको अरु केही होइन, त्यो डोजर हो । पाखैभरी डोजर कुदेका हुन्छन् ।

डोजरमा रहेको ड्राइभरले कहिलेकाहीँ मन्त्री, सांसदले भनेको मान्दैन । अटेर गर्छ । त्यस्ता घटनाहरु विगतमा भएका छन् । डोजर ड्राइभरसँग वैज्ञानिकहरु पनि हुनुपर्छ । भूगर्भविद्हरु हुनुपर्छ । समाजशास्त्रीहरु हुनुपर्छ । विपद् व्यवस्थापन विज्ञहरु हुनुपर्छ । कुन ठाउँमा कसरी बाटो लैजाने भन्ने उहाँहरुको सल्लाह अनुसार लैजानुपर्छ । विकासको नाममा जुन गरिएको छ, त्यसले हजारौँ मानिस मारिएको छ । यो कुरा सांसदले संसदमा उठाउनुपर्छ । यस्ता कुरा बोल्दा हारिएछ भने पनि हार्न तयार हुनुपर्छ । यी सबैकुरा राम्रो हुँदा विपद्का घटनाहरु कम हुँदै जानेछन् ।’

उपमहासचिव तुलाधरले विकास निर्माणसँगै विपद् न्युनिकरण गर्ने कुरामा कसैले पनि बहानाबाजी गरेर उम्किन नपाउने बताउनु भयो । उहाँले अहिले सरकारसँग आवश्यक कानून, नीति, नियम र फण्डिङ रहेको भन्दै आवश्यक अध्ययन गरेर मात्रै अघि बढ्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले वर्तमान सरकारको न्युनतम साझा कार्यक्रममा समेत विपद् जोखिम न्युनिकरणको विषयलाई मुख्य प्राथमिकता बनाइएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले संघीयता अनुसारको अधिकार र जिम्मेवारी सबै निकायलाई दिएर विपद् न्युनिकरणका लागि आवश्यक काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले स्थानीय सरकारले साधन, श्रोत नभएको गुनासो र आर्थिक श्रोतको पनि अभाव भएको गुनासो गरिरहेको भन्दै सबैलाई अधिकार दिइसकेकाले अब भने कसैलाई पनि त्यस्ता कुरा गरेर उम्किने छुट नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामीले बहानाबाजी गर्ने ठाउँ छैन । हामीसँग पर्याप्त कानून छन् । संविधान छ, कानून, नीति, नियम, फण्डिङ सबैकुरा छ । अब पनि बहानाबाजी गर्ने छुट हामीलाई छैन । अहिलेको सरकारको साझा न्युनतम कार्यक्रम भित्र एकदम ठूलो प्राथमिकताकासाथ विपद् जोखिम न्युनिकरणलाई राख्नुभएको छ । त्यसमा ध्यान दिनुहुनेछ भन्ने विश्वास छ । संघीयता अनुसारको अधिकार र जिम्मेवारी कार्यान्वन गर्ने क्रममा अधिकार क्षेत्रको दोहोरोपनका कारण समस्या बढेका छन् ।

स्थानीय सरकारले साधन, श्रोत नभएको गुनासो गरिरहेका छन् । आर्थिक श्रोत पनि नभएको गुनासो गर्नुभएको छ । प्रदेशले संघ र स्थानीय सरकारको चेपुवामा परेका छौँ भन्ने गर्नुहुन्छ । त्यस्तो भन्ने छुट अब कसैलाई छैन । किनभने सबैलाई अधिकार दिइएको छ ।’

उपमहासचिव तुलाधरले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई गृह मन्त्रालय अन्तर्गत नभइ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत राख्न आग्रह गर्नुभयो । उहाँले गृह मन्त्रालय अन्तर्गत प्राधिकरण राख्दा अधिकार सम्पन्न हुन नसकेको र गृह मन्त्रालयका कर्मचारीहरुले विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखा बनाएर बेइमानी गरेको बताउनु भयो । उहाँले महाशाखा निर्माणसँगै त्यहाँ रहने सहसचिव र प्राधिकरणका सिईओबीच सहकार्य हुन नसक्दा द्वन्द्वको स्थिति हुँदै आइरहेको बताउनु भयो । उहाँले नयाँ सांसदहरुले ऐन संशोधन गरेर प्राधिकरणलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अन्तर्गत राखेर अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्राधिकरण धेरै अधिकार सम्पन्न भएन । गृहमन्त्रालय अन्तर्गत भयो । अहिले गृह मन्त्रालय अन्तर्गत भनिराख्ने मात्रै होइन, गृह मन्त्रालयका कर्मचारीले बेइमानी गरे । गृह मन्त्रालय भित्र नै एउटा महाशाखा भनेर राखे । विपद तथा द्वन्द्व व्यवस्थापन नाम राखियो । त्यहाँ सहसचिव स्तरको कर्मचारी हुन्छ । सहसचिव स्तरको कर्मचारी र प्राधिकरणको कर्मचारी भनेको फरक हो । महाशाखामा एकजना सहसचिव हुनुहुन्छ प्रदीप कोईराला, उहाँ एकातिर फर्किनुभएको छ, प्राधिकरणका सिईओ अनिल पोखरेल एकातिर फर्किनुभएको छ । केही पनि हुन नसक्ने स्थिति छ । द्वन्द्वको स्थिति छ । मेरो पालामा ऐन बनाइयो । अब ऐन संशोधन गरेर यसलाई गृह मन्त्रालय अन्तर्गत नभइ प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्न पहल गर्नुहोस् । यो गर्न सकिन्छ ।’

उपमहासचिव डा. तुलाधरले जलवायु परिवर्तनका कारण अपत्यारिलो घटनाहरु बढ्दै गएका र यसमा तीन तहकै सरकारले आवश्यक चासो दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले विपद् न्युनिकरणका लागि अहिलेको ऐन पर्याप्त नभए ऐन संशोधन गरेर भएपनि विपद् जोखिम न्युनिकरणलाई कम गर्दै लैजानुपर्नै बताउनु भयो । उहाँले देशमा पूर्व सूचना प्रणाली विकसित हुँदै गएकाले पछिल्लो समय समुदायमा चेतना वृद्धि भएको र विपद्बाट ज्यान गुमाउनेको संख्या घट्दै जानु राम्रो भएको बताउनु भयो । उहाँले विपद्का कारणले गर्दा मानिसले ज्यान गुमाउनु नपरोस् भन्ने दिशामा मुलुकलाई लैजान खोजिरहेको बताउनु भयो । उहाँले विपद् जोखिम न्युनिकरणका लागि योजना र निर्देशिका बनाएर लागू गर्न साधान,श्रोतको अझैपनि अपुग रहेको बताउनु भयो ।