८ पुष २०८२, मंगलवार
,
Latest
शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी र सरकारलाई सफल बनाउन प्रधानमन्त्री प्रचण्डको वाईसीएललाई निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माओवादी केन्द्र) निकट युवाहरुको संगठन बाईसीएललाई पार्ट र सरकारलाई सफल बनाउन संस्थागत पहल गर्न निर्देशन दिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले वाईसीएलको बैठकलाई सम्बोधन गर्दै संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन लाग्न निर्देशन दिनुभयो ।

क्रान्तिबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अवसर प्राप्त भएको भन्दै उहाँले त्यस्तो चुनौतीपूर्ण अवस्थामा संविधान घोषणा गरिएको बताउनुभयो ।

संविधानको कार्यान्वयन प्रक्रिया पनि आफ्नै नेतृत्वको सरकारले बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, गरिब किसानको ऋण मुक्त गर्ने निर्णय गरिएको तर कार्यान्वयन गर्न नपाएको उल्लेख गर्नुभयो । त्यस्तै आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङको अन्त्य गरेको उहाँको भनाइ थियो ।

अहिले आफूले एउटा संकल्पका रुपमा लिएको भन्दै उहाँले भन्नुभयो, “यो म एक्लैले गरेर सम्भव हुने कुरा छैन । हामीलाई विभिन्न उपलब्धि प्राप्त गर्नका लागि पार्टीका जनसंगठन र युवाहरूले नै महत्त्वपूर्ण भूमिका खेलेको हो ।”