१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) परित्याग गरेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने हुनुभएको छ ।

गत मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले त्यागेर भुसाल स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । उहाँ एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले केही दिनभित्रै भुसालदले एकीकृत समाजवादीमा प्रवेशको तयारी गर्नुभएको जानकारी दिनुभयो । भुसालले एकीकृत समाजवादीमा महासचिव पद मागेको तर उहाँलाई सुरुमा सचिवालय सदस्य दिने तयारी भएको बताइएको छ ।

भुसालसँगै एमालेका केही सदस्य पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेको समाचार छ । उहाँसँगै योगेन्द्र शाही पनि प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । शाही एमाले त्यागेर नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभाको उम्मेदवार बन्नुभएको थियो ।

भुसालसँगै टंक कार्की, उषाकिरण तिमल्सिना, अरविन्द सिंह, सुरेन्द्र मानन्धर, दीपकप्रकाश पाठकलगायत एकीकृत समाजवादीमा प्रवेश गर्ने बताइएको छ ।