१३ असार २०८३, शनिबार
,
Latest
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) परित्याग गरेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने हुनुभएको छ ।

गत मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले त्यागेर भुसाल स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । उहाँ एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले केही दिनभित्रै भुसालदले एकीकृत समाजवादीमा प्रवेशको तयारी गर्नुभएको जानकारी दिनुभयो । भुसालले एकीकृत समाजवादीमा महासचिव पद मागेको तर उहाँलाई सुरुमा सचिवालय सदस्य दिने तयारी भएको बताइएको छ ।

भुसालसँगै एमालेका केही सदस्य पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेको समाचार छ । उहाँसँगै योगेन्द्र शाही पनि प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । शाही एमाले त्यागेर नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभाको उम्मेदवार बन्नुभएको थियो ।

भुसालसँगै टंक कार्की, उषाकिरण तिमल्सिना, अरविन्द सिंह, सुरेन्द्र मानन्धर, दीपकप्रकाश पाठकलगायत एकीकृत समाजवादीमा प्रवेश गर्ने बताइएको छ ।