८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गरौं: राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्न माग गरेको गरेको छ ।

प्रवक्ता मोहन श्रेष्ठले सामाजिक संञ्जालमा एक सन्देश राख्द गोरखाको गौरव र पहिचानका लागि पनि पृथ्वीनारायण नगरपालिका नाम राख्न उपयुक्त हुने जनाउनु भयो ।

उहाँले लेख्नु भएको छ-

गोरखामा पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना भइसकेको छ, सदरमुकामको ठूलो आँगनमा यो वर्ष अर्को नयाँ शालिक पनि राखिएको छ जुन सकारात्मक र स्वागतयोग्य छ।

विराट नेपालका निर्माता पृथ्वीनारायण शाहलाई राज्यको तर्फबाट दिइने सम्मानमा कुनै कञ्जुस्याइँ गरिनुहुन्न । ढिलै भएपनि सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जुनबेला बिदा कटौती गरियो त्यसबेलादेखि नै बिदा दिनुपर्ने जनमत बलियो थियो । राप्रपाले त आफ्नो पार्टीको मुख्य विषय नै बनाएको थियो ।

अब यसो गरौं- गोरखा नेपाली इतिहासको ऐतिहासिक भूमि रहेकोमा कसैको विमति छैन । जिल्लाको नामाकरण नै गोरखा छ यसले हाम्रो गौरव प्रतिबिम्बित गरिरहेको छ। पृथ्वी भूमि भएको नगरपालिकाको नाम गोरखा कायम राखिराख्नु जरुरी छैन, नगरपालिकाको नाम परिवर्तन गरी ‘पृथ्वीनारायण नगरपालिका’ बनाऔं । सदरमुकाम क्षेत्र भएको नगरपालिकाको नाम शुरुआती अवस्थामा पृथ्वीनारायण नगरपालिका राखिएको थियो, अकारण नाम परिवर्तन गरियो ।

नेपाल सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको पुनः थालनी गरेको परिवर्तित सन्दर्भमा गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्न गोरखा नगर कार्यकारिणी समिति, गोरखाका आम बुद्धिजीवी, व्यवसायी लगायत आम गोरखाबासीको ध्यानाकर्षण गराउँदछु । साथै, नाम परिवर्तन गर्न, गराउन नेपाल सरकारसंग माग गर्दछु।