१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकारलाई कसैले ढाल्छ कि नसोच्नुहोला, यो स्थिर र स्थायी सरकार होः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन् ।

सोमवार आयोजित सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार ढल्ने बजार हल्लाहरू गलत भएको बताए ।

‘बजार हल्लाहरू हुन्छन्, हल्लै हल्लाको देश नभए पनि हल्ला बेसरी चल्छ । यो सरकार, यसभित्र खेल हुन्छ कि, कसैले ढाल्छ कि नसोच्नुहोला । धेरैधेरै खेलाडीहरू दर्शक भएका छन्, रिङ बाहिर बसेर हेर्न बाध्य छन्,’ ओलीले भने , ‘यो सरकार बनाइएको स्थिरताका लागि हो, यो सरकार स्टेबल र इफेक्टिभ सरकारका रूपमा अगाडि बढ्छ । हल्लाका पछाडि लाग्नुको कामै छैन ।’

सरकारलाई नेकपा एमालेको सम्पूर्ण हिसाबले साथ र सहयोग रहेको पनि ओलीको भनाई छ ।