१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

नयाँ सरकारलाई अर्थतन्त्र ठीक बाटोमा लैजान वेदुराम भुसालको सुझाव

नयाँ सरकारलाई अर्थतन्त्र ठीक बाटोमा लैजान वेदुराम भुसालको सुझाव
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्य एवम नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले नयाँ सरकारलाई मुलकको अर्थतन्त्र अगाडि बढाउनेतर्फ केन्द्रित रही काम गर्न सुझाव दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा शुभकामना मन्तव्य दिँदै उहाँले सरकारले अर्थतन्त्रलाई ठीक बाटोमा अगाडि बढाउन सल्लाह दिनुभयो । “वर्तमान सरकारले अर्थतन्त्रलाई ठीक दिशामा लैजान कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “धान, उखुलगायत किसानका उत्पादनलाई सरकारले समयमै खरिद गर्ने र बजारीकरणको व्यवस्था गर्नुपर्छ ।”

उहाँले राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ बन्न नहुने तर्क गर्दै त्यसको समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । जनता समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले राजनीतिक स्थायित्व कायम गरी शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक वृद्धिमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले मधेसमा अत्यधिक शीतलहरका कारण पीडित बनेकालाई राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले मुलुकमा अहिले पनि किसानले मलको अभाव झेलिरहेकाले यथाशीघ्र मल उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षको सम्मानका लागि देशमा सुशासन कायम राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले सुशासन र राजनीतिक स्थिरता भएमा जनताको माग र देशको आवश्यकता पूरा गर्न सकिने धारणा राख्नुभयो ।

बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्य मैयाँदेवी श्रेष्ठ, संविधानसभा सदस्यद्वय बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा उहाँहरुको सम्मानमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । राष्ट्रियसभाको अर्को वैठक यही पुस २९ गते शुक्रबार १ बजे बस्नेछ ।