• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

नयाँ सरकारलाई अर्थतन्त्र ठीक बाटोमा लैजान वेदुराम भुसालको सुझाव



काठमाडौँ । राष्ट्रियसभा सदस्य एवम नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले नयाँ सरकारलाई मुलकको अर्थतन्त्र अगाडि बढाउनेतर्फ केन्द्रित रही काम गर्न सुझाव दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा शुभकामना मन्तव्य दिँदै उहाँले सरकारले अर्थतन्त्रलाई ठीक बाटोमा अगाडि बढाउन सल्लाह दिनुभयो । “वर्तमान सरकारले अर्थतन्त्रलाई ठीक दिशामा लैजान कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “धान, उखुलगायत किसानका उत्पादनलाई सरकारले समयमै खरिद गर्ने र बजारीकरणको व्यवस्था गर्नुपर्छ ।”

उहाँले राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ बन्न नहुने तर्क गर्दै त्यसको समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । जनता समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले राजनीतिक स्थायित्व कायम गरी शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक वृद्धिमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले मधेसमा अत्यधिक शीतलहरका कारण पीडित बनेकालाई राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले मुलुकमा अहिले पनि किसानले मलको अभाव झेलिरहेकाले यथाशीघ्र मल उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षको सम्मानका लागि देशमा सुशासन कायम राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले सुशासन र राजनीतिक स्थिरता भएमा जनताको माग र देशको आवश्यकता पूरा गर्न सकिने धारणा राख्नुभयो ।

बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्य मैयाँदेवी श्रेष्ठ, संविधानसभा सदस्यद्वय बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा उहाँहरुको सम्मानमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । राष्ट्रियसभाको अर्को वैठक यही पुस २९ गते शुक्रबार १ बजे बस्नेछ ।