८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार



अ+ अ-

नर्वे । नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्।

विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा 'अफगान परकम्पहरू: एशेजबाट एशेज सम्मरु' 'हामी तालिबानेलाई मान्यता दिन अनिच्छुक छौं र त्यसो गर्दैनौं,' भन्ने धारणा राखेको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।

अफगानिस्तानमा तालिबानको सत्ताआरोहण अगस्टको मध्यमा भएको थियो जसले आर्थिक अव्यवस्था र गम्भीर मानवीय सङ्कट निम्त्याएको छ। सेप्टेम्बरको शुरुमा, तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनर्स्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै पनि त्यसले अत्यन्तै आवश्यक अन्तरराष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन। (रासस एएनआई)