६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 1.03

Humidity: 78

Latest
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह बुटवलमा एक युवतीमाथि गोली प्रहार छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक रामकुमारी झाँक्रीको आक्रोस– ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा हुँदै शिक्षक मागबारे सरकारलाई दबाब दिन कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले गरायो सभापति देउवाको ध्यानाकर्षण विश्वकपमा पुग्न नेपालले आज अफगानिस्तानसँग निर्णायक खेल खेल्दै सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मन्त्री फेर्ने गृहकार्य सौर्यमण्डल बाहिरको ग्रहमा जीवनको सम्भावित लक्षण देखिएको वैज्ञानिकहरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमशीलता प्रवर्द्धन गर्ने शैक्षिक गतिविधि आवश्यक: राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले उद्यमशीलता प्रवर्द्धन गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्ने बताउनु भएको छ ।

मोरङको बाहुनी, बेलबारीमा रहेको श्री जनता नमूना माध्यमिक विद्यालय, मोरङद्वारा आयोजित विद्यालय भवन समुद्‍घाटन कार्यक्रममा सम्बोधन गर्नुहुदै राष्ट्रपतिले यस्तो बताउनु भएको हो ।

विद्यालयसँग व्यक्तिगत रूपमा भावनात्मक सम्बन्ध रहेको उल्लखे गर्दे उहाँले विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन बालबालिकाको ठूलो हिस्सालाई शिक्षा प्रदान गर्दै आएका सामुदायिक विद्यालयहरूको भौतिक एवम् शैक्षिक पूर्वाधार विकासका निम्ति संघीय तथा प्रदेश सरकार र स्थानीय तहले विशेष प्राथिमकता दिनु पर्ने सुझाब दिनुभयो ।उहाँले भन्नुभयो ‘गुणस्तरीय शिक्षाको खोजीमा विदेशिने युवा शक्तिलाई देशभित्रै प्राविधिक एवं व्यवहारिक शिक्षा प्रदान गरी हाम्रो जनशक्ति र पूँजीलाई राष्ट्रको सेवामा लगाउन सक्नु पर्दछ ।’

समारोहका राष्ट्रपति भण्डारीले सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा भइरहेको लगानीको अनुपातमा प्रतिफल हासिल हुन नसकिरहेको भन्ने गुनासो रहेको उल्लेख गर्दे गुणस्तरीय एवं जीवनोपयोगी शिक्षा प्रदान गरी परिणामद्वारा सामुदायिक विद्यालयहरूले यस प्रकारको गुनासोलाई सम्बोधन गर्न सक्नु पर्ने बताउनु भयो ।
प्राचीन कालदेखि नै नेपालको एउटा परिचय ज्ञानभूमि र शान्तिभूमिका रूपमा स्थापित भएको स्मरण गर्दे उहाँले हाम्रा वीर पुर्खाको ठूलो त्याग र बलिदानबाट मुलुकको एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदै आएको इतिहासका बारेमा हामी सबै परिचित भएको बताउनुभयो ।

राष्ट्रपतिले भन्नुभयो ‘हाम्रा विद्यालयहरूले प्रदान गर्ने शिक्षा र सामाजिक चेतनामा राष्ट्र र राष्ट्रियता प्रतिको उच्चतम दायित्व बहन हुने छ भन्ने मैले अपेक्षा लिएको छु । राष्ट्रप्रेम र मुलुकप्रतिको अविचल निष्ठालाई जीवनको लक्ष्य बनाउने नागरिक तयार गर्न विद्यालय शिक्षाको अग्रणी भूमिका रहने विषयलाई म जोड दिन चाहन्छु ।’

२०१३ सालमा स्थापना भएको यस विद्यालयले २०३४ सालमा एसएलसी, २०६६ सालमा उच्च मा.वि., २०७३ सालमा प्राविधिक धार र २०७४ सालबाट नमूना विद्यालयको रूपमा छनौट भएको थियो ।