काठमाडौँ । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।
बुटवल ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।
रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने बिष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
केही दिनअघि एकजना भारतीय एक युवकसँग विवाद भएकोले उनले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ ।










