३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मन्त्री फेर्ने गृहकार्य

काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मन्त्री फेर्ने गृहकार्य
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सत्तारुढ दलभित्रैबाट आलोचना बढेपछि मन्त्रिपरिषद्का सदस्यहरु फेरबदलको गृहकार्य सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले नै धेरै मन्त्रीको कामप्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ । यो अवस्थामा सरकारले गति लिन नसक्ने भएपछि मन्त्रीहरु परिवर्तनको गृहकार्य सुरु भएको छ । मन्त्री फेरबदल गर्ने विषयमा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सामान्य छलफलसमेत भइसकेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अहिले मन्त्रीपरिषद्मा ३ राज्यमन्त्री र २२ जना मन्त्री छन् । ओली सरकारमा रहेका २२ मन्त्रीमध्ये नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना छन् ।

यसअघि पनि मन्त्रिपरिषद् फेरबदलको चर्चा भएको थियो । तर कांग्रेस सभापति देउवाले छोटो समयमै मन्त्री फेर्दा सकारात्मक सन्देश नजाने भन्दै मान्नुभएको थिएन । तर अहिले सरकार गठन भएको ९ महिना पुगिसकेकाले अब मन्त्री फेरबदल गर्दा पनि उचित हुने बुझाई कांग्रेस र एमालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । उहाँले गठबन्धनकै कारण सरकार ढल्ने दाबी गर्नुभएको छ । कांग्रेस र एमालेभित्र मन्त्री बन्न नपाएका नेताहरुले पनि सरकारलाई असहयोग गर्न लागेको बुझाइ शीर्ष नेताहरुको छ । अब मन्त्रिपरिषद् परिवर्तन गरेर केही युवा नेतालाई जिम्मेवारी दिने तयारी छ । युवालाई मन्त्री बनाए सरकारको कामले पनि गति लिने अपेक्षा प्रधानमन्त्री ओलीको छ ।

पछिल्ला दिनका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल र भेटवार्ता बाक्लिएको छ । नेताहरूका अनुसार दुई शीर्ष नेताले केही मन्त्रीहरू फिर्ता बोलाउने तयारीसमेत गरेका छन् । केही दिन अगाडि बसेको एमाले सचिवालय बैठक र बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि मन्त्री हेरफेरबारे कुराकानी भएको थियो ।

अहिले सरकारमा रहेका कतिपय मन्त्री त गुमनाम जस्तै छन् । जनताले सम्झनलायक कुनै काम गर्न सकेका छैनन् । यस्ता नेतालाई मन्त्री बनाएर समय मात्र कटाउन दिने हो भने सरकार झन् असफल हुनसक्ने बुझाई दुवै दलका शीर्ष नेताहरुको छ । यसले पनि अब केही मन्त्रीलाई हटाएर युवालाई जिम्मेवारी दिँदै सकारात्मक सन्देश प्रवाह गर्ने सोच प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको छ ।