२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा हुँदै



अ+ अ-

काठमाडौं । गत चैत १५ गते राजावादीले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरालाई आज प्रहरीले रिहा गर्ने भएको छ ।

जवरालाई रिहा गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको छ ।

अहिले राप्रपाा नेता तथा कार्यकर्ताहरु पनि जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका छन् । राणालाई हिजै रिहा गर्ने भनिए पनि आवश्यक प्रक्रिया पूरा हुन ढिलाइ भएपछि आज मात्र रिहा गर्न लागिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले धवललाई हाजिर जमानीमा छाड्न लागेको हो ।

क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो ।