काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीचको खेल हुँदैछ । तल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुने छ ।
नेपाल र अफगानिस्तान दुवै टोली समान ३ जितका साथ अन्तिम खेलमा आमनेसामने हुँदैछन् । यस खेल जित्ने टोली आगामी वर्ष जिमबाबे र नामिबियामा हुने आईसीसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुनेछ । त्यसकारण यस खेल निर्णायक हुनेछ ।
प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जित निकालेका थिए । अफगानिस्तानले तीनवटै खेलमा फराकिलो जित निकालेका कारण नेट रनरेटमा नेपालभन्दा अघि छ । नेपालले यूएईलाई ५ रनको अन्तरले मात्र हराएको थियो भने अफगानिस्तानले यूएईलाई १८० रनले हराएको थियो ।
अघिल्लोपटक २०२४ मा भएको यू–१९ विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक छनोटमा तानिएको हो । सबैभन्दा बलियो टोली तथा टेस्ट राष्ट्र अफगानिस्तानसँग नै नेपालको महत्वपूर्ण खेल हुने भएको हो ।










