२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ अङ्कमा कायम भएको छ ।

आज दुई सय ५३ कम्पनीको ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर २४ हजार छ सय ४४ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १० करोड ३४ लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८० कम्पनीको मूल्य घटेको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ९८ दशमलव ४० अङ्कले र उत्पादन समूहको उपसूचक ८२ अङ्कले घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह ३० दशमलव ८०, विकास बैंक समूह ४७ दशमलव ९१, वित्त समूह २० दशमलव ९९ र होटल तथा पर्यटन समूह २७ दशमलव ६१ अङ्कले घटेको छ ।

त्यस्तै जलविद्युत् समूह २६ दशमलव ६१, लगानी समूह शून्य दशमलव ६९, जीवन बीमा समूह ७८ दशमलव ४४, लघुवित्त समूह ५५ दशमलव ३४, म्युचुलअ फन्ड समूह शून्य दशमलव १३ र अन्य समूह २१ दशमलव ०८ अङ्कले घटेको छ । आजको कारोबारमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य नौ दशमलव ५० अङ्कले बढेको छ ।

त्यस्तै नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको रु १० करोड ९३ लाख ६७ हजार नौ सय २६ बराबरको दुई लाख तीन हजार छ सय २० कित्ता सेयर खरिद बिक्री भएको छ ।