२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ अङ्कमा कायम भएको छ ।

आज दुई सय ५३ कम्पनीको ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर २४ हजार छ सय ४४ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १० करोड ३४ लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८० कम्पनीको मूल्य घटेको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ९८ दशमलव ४० अङ्कले र उत्पादन समूहको उपसूचक ८२ अङ्कले घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह ३० दशमलव ८०, विकास बैंक समूह ४७ दशमलव ९१, वित्त समूह २० दशमलव ९९ र होटल तथा पर्यटन समूह २७ दशमलव ६१ अङ्कले घटेको छ ।

त्यस्तै जलविद्युत् समूह २६ दशमलव ६१, लगानी समूह शून्य दशमलव ६९, जीवन बीमा समूह ७८ दशमलव ४४, लघुवित्त समूह ५५ दशमलव ३४, म्युचुलअ फन्ड समूह शून्य दशमलव १३ र अन्य समूह २१ दशमलव ०८ अङ्कले घटेको छ । आजको कारोबारमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य नौ दशमलव ५० अङ्कले बढेको छ ।

त्यस्तै नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको रु १० करोड ९३ लाख ६७ हजार नौ सय २६ बराबरको दुई लाख तीन हजार छ सय २० कित्ता सेयर खरिद बिक्री भएको छ ।